वातावरण विभागले प्लाष्टिकका फूलमाला बिक्रीवितरण रोक्न अनुगमन गर्ने भएको छ। बजारमा प्लाष्टिकका फूलमाला बेचेको भेटिए १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जनाएको छ।
काठमाडौँ- वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकबाट निर्मित फूलगुच्छाको आयात, उत्पादन र बिक्रीवितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकबाट निर्मित फूलगुच्छाको आयात, बिक्रीवितरणमा रोक लगाएको हो।
वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले शुक्रबारदेखि प्लाष्टिकबाट निर्मित फूल बिक्रीवितरण नगर्न माइकिङ गर्ने बताए। सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात बिक्रीवितरण वा भण्डारणमा रोक लगाएको थियो। विभागले बिहीबार सूचना जारी गर्दै यस्ता सामग्री प्रयोग नगर्न सचेत गराएको हो।
"भन्सारमा प्लाष्टिकबाट बनेका फूल, झल्लरलगायतका वस्तु आयात गर्न पाइँदैन। तर, अहिले विगतमा आयात गरेर स्टोरमा रहेका फूल तिहारमा बिक्रीवितरण वा प्रयोग नगर्न सचेतनाका लागि सूचना जारी गरिएको हो। बजारमा प्लाष्टिकका फूल प्रयोग नगर्न भोलिदेखि नै माइकिङ गर्छौं," उनले भने।
तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकबाट निर्मित फूलमालाको माग बढी हुने गर्छ। वातारणलाई असर पार्ने भन्दै सरकारले साउनदेखि नै प्लाष्टिकका फूलमालाको आयात प्रतिबन्ध गरेको छ। प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा प्लाष्टिकका फूलमाला बिक्रीवितरण गरेको भेटिएमा १ लाख रुपैयाँसम्म जरिवाना तिराउने सरकारले निर्णय गरेको छ।
महानिर्देशक घिमिरेले अनुगमनका क्रममा सरकारको निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेखअनुसार नै कारबाही गरिने बताए।
सरकारले प्लाष्टिकका फूलमाला आयातमा नै प्रतिबन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारीभन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
