प्राधिकरणले विमान दुर्घटनामा परेका यात्रुको परिवारका सदस्य या आफन्तले जानकारीका लागि सम्पर्क गर्नका लागि काठमाडौँ र पोखराका विभिन्न निकाय तथा कर्मचारीको नम्बर उपलब्ध गराएको छ।
काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले कास्कीको पोखरास्थित सेतीको खोँचमा दुर्घटनामा परेको विमानमा मृत्यु हुने यात्रुको परिवारलाई एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह गरेको छ।
प्राधिकरणले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै दुर्घटनामा परेका यात्रुको परिवारका सदस्य वा आफन्तले जानकारीका लागि सम्पर्क गर्नका लागि काठमाडौँ र पोखराका विभिन्न निकाय तथा कर्मचारीको नम्बर उपलब्ध गराएको हो।
त्रिभुवन विमानस्थलको ०१-४११३१६३, यती एयरलाइन्स ९८०१००७५३१, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतम ९८५१०६९८२७, यती एयरलाइन्सका स्टेसन म्यानेजर राम लामिछानेलाई ९८०२८२८८०० मा सम्पर्क गर्न सकिने छ। त्यस्तै, यती एयरलाइन्सका पोखरामा रहेका कर्मचारी हर्क रावललाई ९८०२८११२२२ र सुस्मालाई ९८०२८१२१११ मा फोन गर्न सकिने जनाइएको छ। त्यस्तै, यात्रुका परिवार तथा आफन्तका लागि खाना र होटलका लागि ९८५६०६६९१४ मा राजीव गुरुङलाई सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।
आइतबार बिहान १० बजेर ३२ मिनेट जाँदा काठमाडौँबाट पोखराका लागि उडेको विमान १० बजेर ५० मिनेट जाँदा सेती खोँचमा दुर्घटना भएको थियो। विमानमा चालक दलका सदस्यबाहेक ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, दुई कोरियन, एक अर्जेन्टिना, एक अस्ट्रेलियन र एक फ्रान्सेली नागरिक रहेका थिए। हालसम्म ६९ जनाको शव फेला परेको सो एयरलाइन्सले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
