आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ। 

काठमाडौँ- पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा सरकारले आज (सोमबार) बिदा दिएको छ। 

यसका साथै आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ। 

आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको यती एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्कीको नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ जना फेला पर्न सकेका छैनन्।