प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयको भागबन्डा आजै टुंगिने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले मन्त्रालयको भागबन्डा सोमबार नै टुङ्गिने बताएका हुन्। मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने "आज टुङ्गिन्छ।"
उनले कांग्रेसलगायत विश्वासको मत दिने सबै दलहरूसँग मंगलबार छलफल हुने बताए। "भोलि विश्वासको मत दिने सबै पार्टीहरूका नेताहरूको बैठक छ", उनले भने।
मन्त्रिपरिषद् बिस्तारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल सोमबार एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए। उनीहरूबीच सभामुखको निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
