रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको दाबी गरेको छ।
युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।
क्षेप्यास्त्र प्रहारबाट नौतले भवन आंशिक रूपमा ध्वस्त भएको छ, जहाँ अझै दुई दर्जनभन्दा बढी व्यक्ति भग्नावशेषमा पुरिएका छन्। सरकारी अधिकारी अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवित रहेकाहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परवाह नगरी निरन्तर खटिरहेका छन्।
शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको बताएको छ। रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको दाबी गरेको छ।
दुई साता लामो अघोषित युद्धविराम समाप्त भएसँगै रुसले युक्रेनको राजधानी किएभ र खार्किभको उत्तरपूर्वी शहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
