एमालेका उपमहासचिव विष्णु रिमालले विज्ञहरूले दिएका सझावसहितका प्रतिवेदन कार्यान्वयन नगरे सर्वसाधारण विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए।
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन्।
उनले आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन जाँचबुझका लागि गठन गरिएका समितिका प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए। समितिले दिएका सुझाव कार्यान्वयन हुन नसक्दा यस्ता घटनाको पुनरावृत्ति भइरहेको उनको भनाइ छ।
प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटना किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताए। उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनमा समावेश सुझाव कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय जगत्मा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने उल्लेख गरे।
सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता कामबाट गर्नुपर्ने उनले बताए। "यस्तो दुर्घटना पटक पटक नदोहोरियोस्। त्यो नदोहोरिने सुनिश्चितता मुखले नभई कामबाटै सरकार र सम्बन्धित निकाय लागोस् भन्ने चाहन्छौँ", उनले भने।
प्रतिवेदनको कार्यान्वयनमा हेलचेक्र्याइँ नगरौँ
त्यस्तै, नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनको कार्यान्वयनमा हेलचेक्र्याइँ गर्न नहुने बताए। हरेक पटक विमान दुर्घटनापछि बनेका समितिले बुझाएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा दुर्घटना भइरहेको उनको भनाइ छ।
उनले विज्ञहरूले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगरे सर्वसाधारण विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने उल्लेख गरे। जाँचबुझ समितिले निकालेको निष्कर्षप्रति सरकार र सम्बन्धित निकाय कति इमानदार छन् भन्ने प्रश्न आममानिसमा रहेको उनको भनाइ छ।
"सम्बन्धित निकायले रिपोर्टमा उल्लेख गरेका विषयलाई ख्याल गर्नुपर्छ। त्यसो नगर्दा अन्तर्राष्ट्रियस्तरमा पनि बदनाम हुने र राष्ट्रिय रूपमा पनि सबै व्यक्तिहरू एक ठाउँबाट उडेर अर्को ठाउँमा जाँदा सकुशल फर्किन्छु कि फर्किन्न भन्ने स्थिति आउने हुन जाने भयो, यसलाई अब सम्बोधन गर्ने बेला आयो", उनले भने।
आइतबार काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी विमानमा सवार ७२ मध्ये ६९ जनाको निधन भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ। बाँकीको सुरक्षाकर्मीको सहयोगमा खोजी भइरहेको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
