राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने एक नेताले बताए।
काठमाडौँ- सत्तागठबन्धनका शीर्ष नेताहरुले अन्ततः मन्त्रालय भागवण्डा टुंग्याएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक समितिको बैठकले भागवण्डा टुंग्याएको हो।
सोमबार बालकोटमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि समितिको बैठक बोलाइएको थियो।
बैठकमा सहभागी एक नेताका अनुसार एमालेले ८ मन्त्रालय पाउनेछ। त्यस्तै माओवादीले ४ मन्त्रालय पाउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन-तीन मन्त्री र एक-एक राज्यमन्त्री पाउनेछन्। सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्री पाउने भएको छ।
एमालेबाट यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्रीका रुपमा विष्णु पौडेल सरकारमा छन्। एमालेका थप तीन मन्त्री नियुक्त भएपनि उनीहरुको मन्त्रालय टुंगिएको छैन।
माओवादीबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठ सरकारमा छन्। त्यस्तै, रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा पार्टी अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी छन्।
राप्रपा यसअघि सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी भएको थिएन। जनमत पार्टीबाट एकजना मन्त्री नियुक्त भएपनि उनको मन्त्रालय टुंगो लागेको थिएन।
सोमबार साँझ टुंगिएको भागवण्डा अनुसार रास्वपाले अब शिक्षा र श्रम मन्त्रालय पाउने गृहमन्त्री लामिछानेका सचिवालय संयोजक दिपक बोहोराले बताए।
राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने एक नेताले बताए।
प्रधानमन्त्री दाहालले मंगलबार नै मन्त्रिपरिषद् बिस्तार गरिने जानकारी बैठकमा गराएका थिए।
नेताहरुले मंगलबार मन्त्रिपरिषद् विस्तार हुने र मंगलबार नै मन्त्रीहरुले शपथ लिने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
