सञ्चारमन्त्रीमा रेखा शर्मा, सुदन किराँती पर्यटन र अमनलाल मोदी संघीय मामिलामन्त्री

पार्टीको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने तीनजना मन्त्रीहरूको टुंगो लगाएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए।

काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ। 

मंगलबार बिहान बसेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने तीनजना मन्त्रीहरूको टुंगो लगाएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए। उनका अनुसार सरकारमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी सहभागी हुने भएका छन्। 

शर्मालाई सञ्चार तथा सूचना प्रविधि, किरातीलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र मोदीलाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। माओवादीका तर्फबाट राज्यमन्त्री बन्नेको नाम भने टुंगो लागेको छैन।