एमालेबाट विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्ने, पदम गिरीलाई स्वास्थ्य मन्त्रालय

एमालेले पौड्याललाई परराष्ट्र मन्त्रालय र गिरीलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउन लागेको छ।

काठमाडौँ– नेकपा एमालेको तर्फबाट विमला राई पौड्याल र पदम गिरी मन्त्री बन्ने भएका छन्। 

एमालेले पौड्याललाई परराष्ट्र मन्त्रालय र गिरीलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउन लागेको हो। 

पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत सदस्य हुन भने गिरी पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। 

अन्य दुई जनाको नाम टुंगो लाग्न बाँकी छ। दिउँसो सपथ अगाडिसम्म नाम टुंगो लाग्ने एमालेका एक पदाधिकारीले जानकारी दिए।