सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
काठमाडौँ– सत्तासाझेदार दल नेकपा एमालेले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको एक पदाधिकारीले जानकारी दिए।
उनका अनुसार एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्न लागेका छन्। पौडेल राष्ट्रियसभामा सदस्य हुन्।
गिरी पवर्तबाट निर्वाचित सांसद हुन् भने चौधरी सुनसरी ३ बाट निर्वाचित हुन्। त्यस्तै, उप्रेती सर्लाही-३ बाट निर्वाचित भएका हुन्।
पौड्याललाई एमालेले परराष्ट्र मन्त्रालयमा पठाउने भएको छ भने गिरी स्वास्थ्यमन्त्री बन्न लागेका हुन्। अन्य दुई जनालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निर्णय भइसकेको छैन।
ती पदाधिकारीका अनुसार पार्टी अध्यक्ष ओलीले नै प्रधानमन्त्रीसँग छलफल गरेर मन्त्रालयको जिम्मा दिइने छ।
एमालेबाट यसअघि नै सरकारमा सहभागी भइसकेका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राईलाई पनि मन्त्रालयको जिम्मेवारी दिन बाँकी रहेको छ।
मंगलबार दिउँसो हुने शपथअघि नै एमालेबाट मन्त्री हुनेहरूले कुन-कुन मन्त्रालयले पाउने भन्ने टुंगो लाग्ने बताइएको छ। एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्रीका रूपमा विष्णु पौडेल छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
