प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे हुने भएको छ।
काठमाडौँ– संघीय संसद् सचिवालयले सभामुखको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ।
मंगलबार संघीय संसद्का महासचिव डा. भरतराज गौतमले कार्यतालिका सार्वजनिक गरेका हुन।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने तोकिएको छ।
बुधबार सभामुख पदमा प्रस्तावका लागि सूचना दर्ता गर्ने समय तोकिएको छ। दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा राखिएको छ।
त्यस्तै बुधबार नै दर्ता भएका उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ।
बिहीबार भने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका सार्वजनिक भएको हो ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
