प्रदेशसभामा सभामुखमा माओवादी केन्द्रबाट सांसद तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँ- लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।
प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो। उनलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा (एमाले)का प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी समर्थक रहेका थिए।
प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था गरेको छ।
यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाण केसी पनि निर्विरोध निर्वाचित भएकी छन्। नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताइन्। उनले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताइन्।
त्यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम प्रदेशसभाको माघ ५ गतेको बैठकमा विश्वासको मत लिने सरकारका प्रवक्ता रहेका मन्त्री चेतनारायण आचार्यले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
