तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाइ, तत्काल जेलमुक्त नहुने

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनलाई बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएको हो।

काठमाडौँ- नाबालिग बलात्कार आरोपित पल शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन्। 

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनलाई बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 

शाहमाथि बालिका बलात्कारको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो। यसअघि जिल्ला अदालत नवलपरासीले पनि उनलाई बलात्कार आरोपमा सफाइ दिएको थियो। 

तर, अदालतले उनलाई बाल यौन दुरुपयोगको अभियोमा २ वर्ष ६ महिना जेल सजाय र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ। उक्त सजाय नसकिएसम्म उनी जेलमुक्त हुने छैनन्।