साउदीबाट चार वर्षअघि फर्किएका मकरबहादुरले उतैको प्रविधि सिकेर बालुवामाथि माटो राखी तरकारी खेती गर्छन्। उनले अहिले ३० जनालाई रोजगारी दिएका छन्।
सिन्धुपाल्चोक- लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ चार वर्ष साउदी अरबमा बसे। त्यहाँ बालुवामा तरकारी फलेको देखे। अनि उत्साहित भएर आफू पनि गाउँ फर्की तरकारी खेती थाले।
छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्न थालेको छ। तामाङले ३० जनालाई रोजगारीसमेत दिएका छन्। साउदी अरबको अनुभव सुनाउँदै उनी भन्छन्, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ।”
त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताए। उनी सिलढुङ्गा तरकारी संकलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत हुन्। उनी भन्छन्, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन।”
तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन्। रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थालेका हुन्। झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गरेको उनी बताउँछन्।
गत वर्षदेखि उनले रासायनिक मल प्रयोग पूर्णरूपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहेका हुन्। गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायत झारपातबाट सजिलो तरिकाबाट तामाङ विषादी बनाउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
