देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय शीर्ष नेताहरूले सर्वसम्मत रूपमा गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। घिमिरेले आजै संसद् भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराउँदैछन्।

घिमिरे झापा क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन्। उनी एमाले स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज पनि हुन्।

नेपाली काङ्ग्रेसले सभामुख उम्मेदवारबारे निर्णय गरिसकेको छैन।