सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले बुधबार संसद् भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

काठमाडौँ- प्रतिनिधिसभा सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्।

झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले बुधबार संसद् भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

घिमिरेको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ रहेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे,  रास्वपा संसदीय दलका नेता रवि लामिछाने र राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रस्तावमा समर्थन जनाएका छन्।

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको निर्वाचन पनि भोलि नै हुने कार्यसूची छ।