मकाउमा विश्वभरबाट जुवा खेल्नका लागि धनाढ्य र सौखिनहरू पुग्ने गरेका छन्। तर कोरोना महामारीका कारण क्यासिनो उद्योग निकै प्रभावित भएको छ।
मकाउमा जुवा खेलाउने तथा सट्टेबाजीका क्षेत्रमा ख्याती कमाएका व्यापारी अलभिन चाउलाई १८ वर्षको जेल सजाय सुनाइएको छ। अवैध रूपमा जुवा खेलाएको, कालो धन आर्जन गरेको, सांगठनिक अपराध गरेकोसहित उनीमाथि २८९ वटाभन्दा बढी आरोप लागेको छ।
८२३ बिलियन हङकङ डलरभन्दा बढी शर्त लगाएर अवैध कारोबार गरेको आरोपमा दोषी उनी पाइएका उनलाई अदालतले १८ वर्षको जेल सजाय सुनाएको हो। स्थानीय क्यासिनो उद्योगमा प्रसिद्ध ४८ वर्षीय चाउ, सनसिटी समूहका संस्थापक तथा अध्यक्ष समेत हुन्। सनसिटी मकाउको सर्वाधिक ठूलो जुवाघर तथा सट्टेबाजीको केन्द्र रहँदै आएको छ।
केन्द्र सरकार चीनबाट जुवा खेल्नका लागि धनाढ्यहरू ल्याउने र उनीहरूलाई ऋणको व्यवस्था कामसमेत गर्दै आएको छ। मकाउकाे क्यासिनो उद्योगमा “जंकिट किङ” भनेर चिनिने चाउले यसअघि सन् २०२१ मा पक्राउ परेपछि सनसिटीबाट राजीनामा दिएका थिए। चाउ चिनियाँ भाषी अधिकांश क्षेत्रमा निकै चर्चित छन्। विशेष गरी उनको व्यक्तित्व र प्रेमका किस्साहरू चर्चाका विषय हुँदै आएका थिए।
आपराधिक क्रियाकलाप र अघोषित ऋण दिलाउनका लागि सिन्डिकेट गरेको आरोप उनीमाथि छ। तर चाउले आफूमाथिका सबै आरोपको खण्डन गरेका छन्। चाउका क्रियाकलापकै कारण सरकारले ८ दशमलव २६ बिलियन हङकङ डलर राजस्व गुमाउनु परेको सरकारी वकिलहरूको भनाइ छ।
यसअघि पोर्चुगलको उपनिवेश रहेको मकाउ जुवा खेल्न पाइने चीनको एकमात्र शहर हो। यहाँ विश्वभरबाट जुवा खेल्नका लागि धनाढ्य र सौखिन मानिसहरू पुग्ने गरेका छन्। तर कोरोना संक्रमणको महामारीका कारण क्यासिनो उद्योग निकै प्रभावित भएको थियो।
साथै, चीन सरकारले केन्द्र सरकारबाट बाहिरिने रकममाथि कडा प्रतिबन्ध लगाएको थियो। यसै क्रममा गत सेप्टेम्बरमा चीनको पूर्वी शहर वेनझोउको एक अदालतले चाउको मुद्दासँग सम्बन्धित रहेको भन्दै सीमा पार जुवासम्बन्धमा जोडिएका ३० जना भन्दा बढीलाई पक्राउ गरेको थियो।
त्यसयता, मकाउमा पहिलेजस्तो जुवाको क्रेज कम हुँदै गएको छ। सरकारी तथ्यांक अनुसार सन् २०१९ मा १०० वटा जंकेट रहेको मकाउमा हाल ३६ वटा सञ्चालनमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
