युक्रेनको प्रहरी र सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका उनी रुसले आक्रमण शुरू गरेयता मारिने पहिलो वरिष्ठ अधिकारी हुन्।
युक्रेनको राजधानी किभनजिकै बुधबार भएको हेलिकप्टर दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। युक्रेनका गृहमन्त्री डेनिस मोनास्त्रिस्की सहित ८ जना सवार हेलिकप्टर राजधानी किभदेखि पूर्वमा पर्ने एक आधारभूत विद्यालयनजिकै दुर्घटनामा परेको हो।
दुर्घटनामा उपमन्त्री येभहेन येनीन र आन्तरिक मन्त्रालयका सचिव युरी लुबकोभ्च र ३ जना बालबालिकासहित १८ जनाको मृत्यु भएको किभका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सिय कुलेबा उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। दुर्घटनामा १५ जना बालबालिकासहित २९ जना घाइते भएका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टर युक्रेनको आकस्मिक सेवाको रहेको बताइएको छ। पछिल्ला दिनहरूमा किभमा रुसी आक्रमण नभएकाले यस दुर्घटनामा रुसी संलग्नता भएनभएको खुलेको छैन।
को थिए गृहमन्त्री डेनिस मोनास्त्रिस्की?
४२ वर्षीय मोनास्त्रिस्की कानून विषयका विद्यावारिधि थिए। मन्त्रिपरिषद्का महत्वपूर्ण व्यक्ति रहेका डेनिसलाई राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले सन् २०२१ मा गृहमन्त्रीमा नियुक्त गरेका थिए।
युक्रेनको प्रहरी र सुरक्षाको पाटोमा जिम्मेवारी सम्हाल्दै आएका उनी रुसले आक्रमण शुरू गरेयता मारिने वरिष्ठ अधिकारी हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
