मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभामा उपस्थित सबै सदस्यबाट विश्वासको मत हासिल गरेका छन्।
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ।
आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत पाऊँ भनी सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरे।
मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन्। मधेश प्रदेशसभामा नेकपा(माओवादी केन्द्र)का दुई प्रदेशसभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सदस्य रहेका छन्।
पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारण अर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गरे।
एक सय सात सदस्यीय मधेश प्रदेशसभामा नेकपा (एमाले) २४, नेपाली कांग्रेस २२, जसपा १६, जनमत पार्टी १३, माओवादी केन्द्र नौ, लोकतान्त्रिक समाजवादी पार्टी सात, नेकपा (एकीकृत समाजवादी) सात, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (एक/एक) र चार जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
