नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ।
काठमाडौँ- तोकिएको मापदण्ड पूरा नगरेका ६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई नियामक निकाय राष्ट्र बैंकले कारबाही गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा राष्ट्र बैंकले तोके बमोजिम अनिवार्य नगद मौज्दात (सीआरआर), विपन्न कर्जा परिचालन र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसकेका विकास बैंक तथा वित्त संस्थाहरूलाई केन्द्रीय बैंकले कारबाहीस्वरूप जरिवाना गरेको हो।
तोके बमोजिम अनिवार्य नगद मौज्दात कायम गर्न नसकेका कर्णाली डेभलपमेन्ट बैंक, सालपा विकास बैंकलाई जरिवाना गरेको छ।
कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्गतर्फ पनि तोक बमोजिम कर्जा प्रवाह गर्न सकेको छैन। कर्जा निक्षेप अनुपात कायम गर्न नसकेका कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैकले पनि जरिवाना तिर्नुपर्ने भएको छ।
यस्तै सीआरआर कायम गर्न नसकेको प्रोग्रेशिभ फाइनान्स र राष्ट्र बैंकको मापदण्डअनुसार सीडी रेसियो कायम नगरेको भन्दै नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्सलाई पनि राष्ट्र बैंकले जरिवाना गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
