नेपाल विप्रेषणमा निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि दीर्घकालीन योजना बनाउनुपर्नेमा वाग्लेले जोड दिए।
काठमाडौँ- अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताएका छन्।
बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, स्वयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन्। उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना पनि धेरै रहेको बताए।
नेपाल विप्रेषणमा निर्भर भएको र यसबाट तत्काल हटाउन नसके पनि नेपालले दीर्घकालीन योजना बनाउनुपर्नेमा वाग्लेले जोड दिए। सरकारले अनुदान सोचे जति उठाउन नसकेको बताउँदै उनले ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताए।
वाग्लेले सरकारले राजश्व र खर्चको असन्तुलन निर्मम रूपमा अघि बढ्नुपर्ने बताए। नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने अवस्था रहेकोमा उनले चिन्ता व्यक्त गरे। बहालवाला कर्मचारीलाई तालिम दिएर राजश्व संकलन नबढ्ने भन्दै उनले कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) हरूलाई हायर गरेर काम गर्ने हो भने राजश्व बढाउन सकिने बताए।
विश्वभर नै आर्थिक अवस्था संकुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्नसक्ने उनको भनाइ थियो। उनले बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले बजेटको आकार मुलुक सुहाउँदो बनाउनुपर्ने बताए। सरकारले राजश्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
