नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउन कांग्रेस आजैदेखि नै लाग्ने बताएका हुन्।
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा कांग्रेसले आजदेखि नै लाग्ने बताएका छन्।
बिहीवार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका हुन्।
उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए। उनले गठबन्धन कायम रहि रहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए।
उनले भने, “नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ। अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन। तर, राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं।”
उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार कांग्रेसले विश्वासको मत दिएको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
