प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ- ५ मा ३ पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ। यहाँ २७ स्वतन्त्र उम्मेदवार छन्। ४३ हजार ३५२ गरी यो क्षेत्रमा ७० हजार ९१९ मतदाता छन्।
काठमाडौँ- आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ- ५ मा ३ पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ। काठमाडौँ–५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलबाट २९ र स्वतन्त्रबाट २७ गरी ५६ जनाको उम्मेदवारी परेको कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए।
प्रवक्ता जोशीका अनुसार निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ तर्फ दलगतरूपमा ७ र स्वतन्त्र उम्मेदवार ७ गरी १४ उम्मेदवार रहेका छन्। त्यसैगरी प्रदेशसभा २ तर्फ दलगत उम्मेदवारी ७ र स्वतन्त्र ६ गरी कूल १३ जनाको उम्मेदवारी रहेको छ। प्रदेशसभा १ मा २७ हजार ५६७ र प्रदेशसभा २ मा ४३ हजार ३५२ गरी यो क्षेत्रमा ७० हजार ९१९ मतदाता रहेको प्रवक्ता जोशीले जानकारी दिए।
जम्मा ३१ मतदान केन्द्र र ५० मतदान उपकेन्द्र रहेको निर्वाचन क्षेत्र नं ५ भित्रका केन्द्रमा स्थलगत अवलोकन गर्ने काम भइरहेको छ। निर्वाचन क्षेत्रभित्रका मतदान केन्द्र के-कस्ता छन् भनी अवलोकन मूल्यांकन भइरहेको सहायक निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए।
निर्वाचन नजिकिएसँगै यस क्षेत्रभित्रका मतदानस्थल अवलोकन गर्ने कामलाई तीब्रता दिइएको छ। यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका चार, टोखा नगरपालिकाको छ र बूढानीलकण्ठ नगरपालिका पाँच गरी १५ वडा समेटिएका छन्। जसमा प्रदेशसभा १ तर्फ काठमाडौँ महानगरका वडा नं २, ४ र ५ पर्दछन्। प्रदेशसभा दुईतर्फ काठमाडौँ महानगरको वडा नं ३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
