हाल विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। केही विमानले इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स लागू गरी अवतरण गरे पनि नियमित उडान हुन सकेको छैन।
काठमाडौँ- त्रिभुवन विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
हाल विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर रहेकाले केही विमानले इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स (आईएफआर) लागू गरी अवतरण गरेको र केही विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
बिहान मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आएको विमान अवतरण हुन नसकेर कोलकता फर्किएको थियो। भिजिबिलिटी कम भएपछि बिहान केही समय विमानस्थल नै बन्द गरिएको थियो।अवतरणमा समस्या भएपछि बिहान नेपालगञ्जदेखि काठमाडौँ आएको श्री एयरलाइन्सको विमान अवतरण गर्न नसकी डाइभर्ट गरिएको थियो।
बिहानका कतिपय उडानहरू 'डिले' भएका छन्। बिहान ७ बजे उडानको समयतालिका रहेको काठमाडौँदेखि लुक्ला उड्ने तारा एयरको विमान डिले भएर ९:५५ बजे मात्रै उडेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। अन्य उडान समेत प्रभावित भएको उनले बताए।
सामान्यतयाः भिजिबिटी १६ सय मिटरभन्दा कम भए विमानस्थल बन्द गरिन्छ। तर हाल दुई हजार मिटर भएकाले एयरलाइन्सहरुको आफ्नो नियमअनुसार आईएफआर लागू गरी अवतरण गर्ने वा डाइभर्ट गर्ने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
