मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। 

बालुवाटारमा शुक्रबार बिहान मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्री दाहालले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। उनले भने, "अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौं। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ।"

प्रधानमन्त्रीसँगको भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार हुनुपर्ने बताए। उनीहरूले आफूहरूका समस्या समाधान हुने विश्वास पनि व्यक्त गरे।