गठबन्धनबाट रास्वपाकी रानाले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

भोलि बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने छ।

काठमाडौँ- सत्तारूढ दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन्।

रानाले प्रस्तावकमा रास्वपा सांसद सोविता गौतम र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन्। 

शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यसअघि गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्। भोलि बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने छ।