मुनाफा वितरण नगर्ने संस्थाका रूपमा स्थापित उकालो अभियानले सञ्चालन गरेको उकालो डटकम नेपाली सञ्चारमाध्यममाझ एउटा नौलो प्रयोग हो।
उकालो अभियानले आजदेखि उकालो डटकम र यो मञ्चसँग जोडिएका अन्य सामाजिक सञ्जालका माध्यम शुरू गर्न पाउँदा हामीलाई खुशी लागेको छ।
सूचना प्रविधिमा भएको द्रूत विकासले पाठक, दर्शक र स्रोताका रुचि फेरिएसँगै आमसञ्चारका माध्यमको शैली, स्वरुप र प्रस्तुतिमा पनि परिवर्तन आएको छ। यो परिवर्तनसँगै अनलाइन सञ्चारमाध्यमको संख्या ह्वात्तै बढेको छ। यति धेरै सञ्चारमाध्यमको भीडमा अर्को नयाँ सञ्चार माध्यम किन चाहियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
मुनाफा वितरण नगर्ने संस्थाका रूपमा स्थापित उकालो अभियानले सञ्चालन गरेको उकालो डटकम नेपाली सञ्चारमाध्यममाझ एउटा नौलो प्रयोग हो। आमसञ्चारका माध्यम सबै प्रकारका अनुचित प्रभावबाट मुक्त हुनुपर्छ। मुलुक र नागरिकको पक्षमा निष्पक्ष र निडर पत्रकारिता गर्ने हो भने मुनाफा वितरण नगर्ने संस्थाले त्यसमा थप योगदान पुर्याउन सक्छ भन्ने हाम्रो विश्वास हो।
हामीले महसुस गरेको अर्को विषय हो– ‘मिडिया कब्जा’को अवस्था। आमसञ्चार माध्यमले जहिले पनि मुलुक र नागरिकको पक्षमा तथा शासन सञ्चालन र शक्तिशाली ओहोदामा रहेकाहरूले गर्ने भ्रष्टाचार र शक्तिको दुरूपयोगविरूद्ध पहरेदारी गर्नुपर्छ। त्यसका लागि हामी कसैले कब्जा गर्न नसक्ने सञ्चारमाध्यमको रूपमा उभिन चाहन्छौँ। यसरी नै मुलुक र नागरिकको बृहत्तर हितमा योगदान गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो।
उकालो अभियान सदैव स्थापित मूल्य र मान्यतामा विश्वास गर्छ। हामी निडर र निष्पक्ष पत्रकारिताको पर्याय बन्न चाहन्छौँ। उच्च नैतिक मूल्य, मान्यता र आचारसंहिता पालनामा पनि नमूना बन्न चाहन्छौँ। उकालोका पत्रकारहरूले नेपाली सञ्चारजगतको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालबाट जारी पत्रकार आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्द रहँदै उकालो अभियान आफैले निर्माण गरेको आचारसंहितामार्फत् आफूलाई स्वनियमन र थप जिम्मेवार बनाउनेछन्।
हाम्रो उद्देश्य हो– बृहत्तर सार्वजनिक हितका लागि उच्च नैतिकताको धरातलमा उभिएर निरन्तर तथ्यको खोजी र सञ्चार गर्ने, पारदर्शी र उत्तरदायी शासनका लागि पहरेदारी गर्ने, लोकतान्त्रिक बहसको मञ्च बन्ने अनि आफ्ना सामग्रीमार्फत् समाजको बहुलतालाई प्रतिबिम्बित गर्ने। हामी यो ‘मिसन’मा निरन्तर लागिरहने छौँ।
यी उद्देश्य प्राप्तिका लागि हामीलाई स्वतन्त्र, सक्षम र नैतिकवान पत्रकारको टीम आवश्यक पर्छ। हामीले टीम छनोटमा यो विषयलाई प्राथमिकतामा राखेका छौँ। हामी पत्रकारिताका विश्वव्यापी मान्यता र उत्कृष्ट अभ्यास अनुरूप हाम्रो समाचार कक्षलाई स्वतन्त्र, जिम्मेवार र क्षमतावान बनाउन प्रतिबद्ध छौं। हामीलाई विश्वास छ, हाम्रो टीम पाठक, दर्शक र स्रोताको अपेक्षामा खरो उत्रनेछ।
जिम्मेवार र असल पत्रकारिताको अर्को आयाम पाठक, दर्शक र स्रोताको सहयोग हो। हामीले गर्न खोजेको जिम्मेवार र असल पत्रकारिता, यसको दिगोपन र निरन्तरताका लागि हामीलाई तपाईंहरूको सहयोग अपरिहार्य छ।
हाम्रा पाठक, दर्शक, स्रोता र शुभेच्छुकले स्वेच्छाले दिने निःशर्त सहयोगबाटै आफ्ना सबै गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ। यही विश्वासका साथ हाल विज्ञापनरहित अभ्यास गर्न लागिपरेका छौँ।
यो अभियानलाई जीवन्त राख्न हामीलाई तपाइँको साथ, सहयोग र खबरदारी आवश्यक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
