अस्ट्रेलियामा भेटिएको भ्यागुतोले विश्व रेकर्ड तोड्ने अनुमान गरिएको छ। यसअघिको गिनिज वर्ल्ड रेकर्डमा २ किलो ६५ ग्रामको प्रिन्सेन नामक भ्यागुतोकाे नाममा छ।
अस्ट्रेलियाको क्विन्सल्यान्ड (उत्तरी वर्षावन क्षेत्र)मा २ किलो ७०० ग्रामको विशाल भ्यागुतो फेला परेको छ। वन्यजन्तु अधिकारीहरूले यस भ्यागुतोलाई कन्टेनरमा राखेर संरक्षण गरेका छन्। यो भ्यागुतो क्विन्सल्यान्डस्थित सङ्ग्रहालयलाई दिने तयारी गरिएको बताइएको छ।
अस्ट्रेलियामा सन् १९३५ देखि पत्ता लागेका यस किसिमका भ्यागुताहरूको संख्या २ अर्ब जति रहेको अनुमान छ। भ्यागुतोको सामान्य आकारभन्दा हालै भेटिएको भ्यागुतो ६ गुणा ठूलो रहेको छ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै रेन्जर केली ग्रेले भनिन्, “मैले यति ठूलो भ्यागुतो अहिलेसम्म देखेकी थिइन्। यो खुट्टा भएको फुटबलजस्तै देखिन्छ। यसलाई हामीले टोडजिल्ला नाम राखिदिएका छौँ।”
यस भ्यागुताले कीरा-फट्याङ्ग्रा, घस्रने जनावर र साना स्तनधारी जनावरलाई आफ्नो आहार बनाउने गरेको ग्रेले बताइन्। यस प्रकारका भ्यागुता सामान्यतया: १५ वर्षसम्म बाँच्ने गरे पनि यो भ्यागुतो थप केही वर्ष बढी हुनसक्ने उनले बताइन्। यस भ्यागुतोको उमेर भने यकिन भएको छैन।
हालै भेटिएको भ्यागुतोले आकार र तौलमा विश्व रेकर्ड तोड्ने अनुमान गरिएको छ। हाल विश्वको सबैभन्दा ठूलो भ्यागुतोको विश्व रेकर्ड सन् १९९१ मा स्विडेनको प्रिन्सेन नामको भ्यागुतोको नाममा छ। त्यसको तौल २ किलो ६ सय ५० ग्राम थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
