कांग्रेस प्रवक्ता महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा संसद्मा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरू भएको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संविधानमाथि खतरा पैदा हुन थालेको बताएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा संसद्मा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरू भएको बताए।
"सभामुख र राष्ट्रपति पद, संवैधानिक पद मात्रै नभएर पार्टीको दलगत स्वार्थभन्दा माथि उठेर संविधान रक्षाको पक्षमा, कानूनी शासनको पक्षमा र संसद्को गरिमा र मर्यादालाई कायम राखेर एक पक्षमा हुनुपर्ने भएकाले अहिले जसरी सत्ताधारी दल र त्यो पनि ओलीजीको संयोजनमा जसरी उम्मेदवारी दिइरहेको छ, त्यसले संविधानमाथि नै भोलि कुठाराघात हुने खतरा भएको छ। त्यसकाप्रति हामीले खबरदारी गरेका छौँ", उनले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको उल्लेख गरे। उनले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने कि नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए।
"अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ। ओलीजीले संसद् विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ। अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो", उनले भने।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको टिप्पणी पनि गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
