राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको कमलबिनायकस्थित बिजुक्छेँ निवासमा पुगेर नारायणमान बिजुक्छेँसँग भेटवार्ता गरेकी छन्।
भक्तपुर– राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई भेट्न भक्तपुर आएकी छन्। भक्तपुरको कमलबिनायकस्थित बिजुक्छेँ निवासमा राष्ट्रपति भण्डारी पुगेकी हुन्।
भक्तपुर क्षेत्र नं १ (ख)बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित एवं नेमकिपाका नेता सुरेन्द्रराज गोसाईंका अनुसार भेटमा राजनीतिक नभई व्यक्तिगत विषयहरूमा छलफल भएको थियो।
“राष्ट्रपति पहिलेदेखि नै भक्तपुर आउन चाहनुहुन्थ्यो। तर, राजनीतिक परिस्थितिका कारण आउन पाउनुभएको थिएन,” उनले भने, “त्यसैले उहाँ आज आफैँ आउनुभएको हो। बिजुक्छेको घरमा आउँदा राष्ट्रपतिले माइती आएझैँ लागेको प्रतिक्रिया पनि दिनुभयो।”
गोसाईंका अनुसार राष्ट्रपति ४ः १० देखि ४ः५० सम्म बिजुक्छेँ निवासमा बसेकी थिइन्। साथै भेटमा राष्ट्रपति भण्डारीले बिजुक्छेँको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै असार ८ गते भएको बिजुक्छेँ पत्नी शोभा प्रधानको निधनका विषयमा शोक व्यक्त गरेकी थिइन्।
कोभिडका बेलामा भक्तपुरले स्वास्थ्य क्षेत्रमा गरेका काम र थप स्वास्थ्य क्षेत्रमा कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा कुरा भएको उनले जनाए। उनले भने, “यसका अलावा भक्तपुरमा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणको क्षेत्रमा भएको राम्रा कामको प्रशंसा गर्नुभयो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
