उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने बताएकी छन्।
काठमाडौँ– नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारीसाथ निभाउने प्रतिबद्धता व्यक्त गएकी छन्।
उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ विपक्ष दलका सांसदले उठाएका मुद्दालाई समेत सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने बताएकी हुन्।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने उल्लेख गरिन्।
नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ छ। "आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु। तटस्थ र इमानदारीसाथ सबैको पक्षमा बोल्नेछु", उनले भनिन्।
उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्नेसमेत बताइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रानामगर शनिबार प्रतिनिधिसभाको उपसभामुख भएकी हुन्। उनलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने विपक्षमा ९७ मत परेको थियो।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
