गृहमन्त्री रवि लामिछानेले गठबन्धनबाट सहमति भएमा उपप्रधानमन्त्री हटाउन तयार रहेको बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धनबाट सहमति भएमा उपप्रधानमन्त्री हटाउन तयार रहेको बताएका हुन्। यद्यपि, उनले उपप्रधानमन्त्रीले सरकारलाई कुनै भार नथपिने जिकिर गरे। उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरू गर्न तयार रहेको पनि बताए।
"उपप्रधानमन्त्री हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ," उनले भने, "मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।" उनले आफूले नतिजा निकाल्ने गरी काम गर्ने बताए।
उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने विश्वास व्यक्त गरे। मधेश आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन्। शनिबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो? भन्दै प्रश्न गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
