कांग्रेस संस्थापन इतर समूहको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउने छ।
काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर (शेखर कोइराला) समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको निष्कर्ष निकालेको छ।
आइतबार बिहान काठमाडौँमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले आफूले कार्यसम्पादन समिति बैठकमा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका थिए।
पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको बलमा निर्णय गरेपछि बाध्य भएको उनको भनाइ थियो। “प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिएँ। त्यसको सुनुवाइ भएन”, कोइरालाले भने, “बहुमतको निर्णय मान्नुपर्ने बाध्यता भयो। विश्वासको मत दिन नहुने थियो।”
बैठकमा कोइराला समूहका सांसद र केन्द्रीय सदस्यहरूले बोलेका थिए। कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको उनीहरूको भनाइ थियो। पछिल्लो समय कांग्रेसले किन स्पष्ट दृष्टिकोण किन राख्न सकिरहेको छैनरु भन्ने विषयमा पनि छलफल भएको सांसद तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउने नेता भण्डारीले बताए। बैठक मंगलबार पुनः बस्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
