रेमिट्यान्सबाट उत्पादन, निर्माण र रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए।
काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्।
प्रवासी नेपाली मञ्च अमेरिकाले गएराति आयोजना गरेको रेमिट्यान्स एन्ड इन्भेस्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार गर्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेले भने, “रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौँ, लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रम अघि सार्न सरकार तयार छ।”
रेमिट्यान्सलाई उत्पादन तथा निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए।
गैर आवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भने, “गैर आवासीय नेपालीको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ, त्यो छिट्टै पूरा हुनेगरी हामी अघि बढेका छौँ। त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्नसक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ।”
वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐनले गैर आवासीय नेपालीलाई विदेशी नागरिकसरह लिएको विषयप्रति गैर आवासीय नेपालीले ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
