कांग्रेस संस्थापन इतर समूहले पार्टीले स्पष्ट दृष्टिकोण राख्न नसकेको निष्कर्ष निकालेको छ।
काठमाडौँ- नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठाइएको छ।
आइतबार काठमाडौँमा बसेको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठाएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताए।
उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताउँदै उनले कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आसमा बस्ने कि प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, “कांग्रेस किन कन्फ्युजनमा छ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्ति छैनन् भन्ने कुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ। फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि के पाउँछु भनेर हिँड्ने, त्यही हो कांग्रेसको इतिहास? त्यसका लागि कांग्रेस लडेको हो? यी तमाम प्रश्नको जवाफ खोज्न बैठक बसेका हौँ। कसैलाई आघात, अपमान, असहज बनाउनको लागि बैठक बसेको होइन।”
सांसद भण्डारीले कांग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरूलाई अपमान गर्न, असहज बनाउनका लागि इतर समूहको बैठक नबसेको स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
