भावी कार्ययोजनाबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी बैठक

माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। 

माघ १२ गते पार्टीको स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए। 

माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो। 

बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग गर्ने भनिएको एकीकरण लगायतका विषयमा छलफल गर्न बताइएको छ। 

स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने छ ।