प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले सञ्चालन गर्ननसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सोलुखुम्बु– काँगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगहीन भएको छ।
नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थलमा सात वर्षयता उडान भएको छैन।
राज्यको करोडौँ लगानीमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। विमानस्थल अहिले गौचरनमा परिणत भएको छ। २०७७ मंसिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत निराश बनेका छन्।
प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। टावर तथा घेराबारसमेत जीर्ण बनेका छन्।
विमानस्थल सञ्चालनमा ल्याउन कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असीम राईले बताए। २०५२ सालमा बनेको विमानस्थल २०६२/६३ देखि सञ्चालनमा आएको थियो।
२०७२ सालसम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भरेका थिए। त्यसयता विमानस्थलमा उडान हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
