सोमबार नेपाल वायु सेवा निगमको कार्यालय निरीक्षण गर्दै पर्यटनमन्त्री सुदन किराँतीले एक सेकेन्डको पनि ठुलो महत्त्व हुने भएकाले तोकिएको समयमै जहाज उडाउन निर्देशन दिएका छन्।
काठमाडौँ– पर्यटनमन्त्री सुदन किराँतीले तत्काल नेपाल वायु सेवा निगम सुधारको योजना पेस गर्न निर्देशन दिएका छन्।
सोमबार निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किराँतीले निगमको कार्यशैलीको कडा आलोचना गरेका हुन्। उनले निगमका अध्यक्ष अधिकारीलाई दिनहुँ रिपोर्ट कार्ड पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गर्न पनि निर्देशन दिए।
“कुन जहाज कतिबेला उडे? कहाँ रोकिए? के कारणले रोकिए? भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न”, उनले भने, “काम गर्न नसक्ने भए राजीनामा दिए हुन्छ।” एक सेकेन्डको पनि महत्त्व हुने भएकाले जहाज समयमै उडाउनसमेत मन्त्री किराँतीले निर्देशन दिएका छन्।
“विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठुलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्”,उनले भने। आफूले नकारात्मक काम नगर्ने तथा सकारात्मक काममा सधैँ साथ दिने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
