सांसदको टिकट नपाएपछि असन्तुष्ट रहेका गजुरेललाई प्रधानमन्त्री दाहालले प्रमुख सल्लाहकार बनाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन्।
माओवादी केन्द्रको उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री दाहालले सोमबार प्रमुख सल्लाहकार नियुक्त गरेका हुन्। गजुरेलले आफू प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त भएको पुष्टि गरेका छन् ।
यसअघि प्रधानमन्त्रीले सचिवालयका अन्य सदस्य नियुक्त गरेका थिए। गजुरेलले उपराष्ट्रपतिमा दाबी गर्दै आएका थिए। सिन्धुलीका गजुरेलले मंसिर ४ को निर्वाचनमा टिकट पाएका थिएनन्।
टिकट नपाएपछि नेतृत्वसँग असन्तुष्टि राख्दै आएका गजुरेललाई प्रधानमन्त्री दाहालले प्रमुख सल्लाहकार बनाएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
