विश्व सुन महासंघका अनुसार भारतीय महिलाले विश्वको कूल सुन भण्डारको ११ प्रतिशत हिस्सा आभूषणका रूपमा लगाउने गरेका छन्।
भारतको हिन्दु परम्परामा जन्मदेखि मृत्युसम्मका सबै १६ संस्कारहरूमा सुनका गरगहनाको विशेष महत्त्व रहँदै आएको छ।
न्वारन, व्रतबन्ध, विवाह, दान दक्षिणा सबैमा सुनको महत्त्व उत्तिकै रहन्छ। साथै, कुनै पनि सभा-समारोह र विशेष चाडपर्वमा भारतीय महिलाले सुनका गरगहना लगाउने गरेका कारण पनि सुनको खपत बढेको पाइन्छ।
विश्व सुन महासंघको सन् २०२० को एक प्रतिवेदनमा भारतीय महिलाहरूसँग २४ हजार टन सुन भण्डार रहेको बताइएको थियो।
त्यस्तै, ४ हजार टन सुन विभिन्न मन्दिरमा रहेको बताइएको थियो। केरलाको पद्मनाथ स्वामी मन्दिरमा मात्रै १३ सय टन र आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा करिब ३०० टन सुन रहेको प्रतिवेदनमा उल्लेख थियो। मन्दिरको सुन सयौँ वर्षदेखि यहाँ आउने भक्तजनहरूले चढाउने तथा दान गर्ने गरेका हुन्।
यस्तै, सन् २०१९ को एक प्रतिवेदनले भारतीय महिलाहरूसँग २२ हजार टन सुन रहेको देखाएको थियो। यो विश्वको सबैभन्दा ठूलो सुन भण्डार हो।
विश्व सुन महासंघका अनुसार भारतीय महिलाले विश्वको कूल सुन भण्डारको ११ प्रतिशत हिस्सा आभूषणका रूपमा लगाउने गरेका छन्। विशेष गरी भारतको कूल सुन खपतको ४० प्रतिशत हिस्सा दक्षिण भारतमा हुने गरेको पाइएको छ। तमिलनाडूमा मात्रै औसतमा २८ प्रतिशत सुन रहेको छ।
भारतले कहाँबाट गर्छ सुन आयात ?
भारतले कूल आयातको ४५ दशमलव ८ प्रतिशत सुन स्विजरल्यान्डबाट आयात गर्ने गरेको छ। यस्तै, युनाईटेड अरब इमिरेट्सबाट १२ दशमलव ७ प्रतिशत, दक्षिण अफ्रिकाबाट ७ दशमलव ३ प्रतिशत र गिनीबाट ५ प्रतिशत आयात गर्ने गरेको दैनिक भास्करले लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
