मन्त्री किराँतीले विमानको अवस्थाबारे हरेक दिन रिपोर्ट दिन र निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान बनाएर पेस गर्न नेवानिका पदाधिकारीलाई निर्देशन दिएका छन्।
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम (नेवानि)लाई आफ्ना विमानको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न निर्देशन दिएका छन्।
कुन विमान, कति बजे, कहाँ डिले भयो? भन्नेसम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई मन्त्री किराँतीले निर्देशन दिएका हुन्। उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर पेस गर्न पनि निगम पदाधिकारीलाई भनेका छन्।
सोमबार निगम व्यवस्थापनले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न नहुने बताए। "आजसम्म जे-जे भयो, आइन्दा यस्तो नहोस् भन्ने नीतिमा हामी छौँ। तपाईंहरूले काम, कार्ययोजना, कार्यक्रम लिएर यसलाई साँच्चै गौरवको विषय बनाउन प्लान चाहियो", उनले भने।
मन्त्री किराँतीले एक महिनाभित्र अनलाइन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन निगमलाई निर्देशन दिए। उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था तत्काल गरिदिने पनि बताए। "एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गरौँ। यतीले सक्छ, सीताले सक्छ, बुद्ध एयरले सक्छ। यसले किन सक्दैन। सकिँदैन भने राजीनामा दिएर गए हुन्छ", उनले भने।
मन्त्री किराँतीले निगमलाई मान्छेले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटक-पटक दोहोर्याए। उनले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने धारणा राखे। उनले अन्य वायु सेवा कम्पनीका विमान नाफामा हुने तर निगमको विमान घाटामा हुने कारणको खोजी गर्नुपर्नेसमेत बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
