जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाले लापरबाही गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।
धनुषा– जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरबाही गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन्। मृतकका आफन्त र स्थानीयले अपहरणबारे समयमै खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन्।
१४ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो। मृतक एकै परिवारका हुन्। रोहितले विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणमा परेका थिए।

गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरूमा १० लाख मागेका अपहरणकारीले पछि रकम बढाएर ५० लाख पुर्याएका थिए। विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका थिए। विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर सुनाउने गरेका आफन्तले बताएका छन्। गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए।

मृतक रोहित र विष्णुका मामा मुकेशकुमार साहले प्रहरीलाई पहिला नै दुवै जना सम्पर्कविहीन भएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले नै चासो नदिएको आरोप लगाए। उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको दाबी गरे। विरोध प्रदर्शनमा उनीहरूले मृतकलाई न्याय दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए।
उनले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर झुटो बोलिरहेको तर्क गरे। उनले अपहरणकारीले पठाएको रेकर्ड हरेक पटक प्रहरीलाई दिएको पनि बताए। प्रहरीले सो घटनामा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
