प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिवेशलाई मूल्यांकन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक रणनीति बनाइ परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना–प्रविधिको विकासले अपराधको चरित्रमा बहुआयामिक फेरबदल भएको बताएका छन्। सोमबार २२ औँ सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिएका छन्।
उनले वर्तमान विश्व परिवेशलाई मूल्यांकन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक रणनीति बनाइ परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिए। उनले सरकारको सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमानदार र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
उनले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। उनले जनताको मन मस्तिष्क जित्ने गरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्न सुरक्षा निकायलाई निर्देशन दिए।
प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरीलाई हातहतियार, गोली-गठ्ठा, आवास एवं लजिस्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधारलगायत आवश्यक उपकरण र जनशक्तिको अभाव रहेको भन्दै त्यसको लागि सरकारको तर्फबाट यथासम्भव पहल गर्ने पनि बताए।
प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनलाई पालना गरी अनुशासित, नैतिकवान्, व्यावसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
