अख्तियारले अदुवाको बीउमा २ करोड रुपैयाँ भ्रष्टाचार गरेर गल्याङ नगरपालिकालाई हानि पुर्याएको अभियोगमा पूर्वप्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– किसानलाई आर्थिक रूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ।
स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ। अदुवाको बीउ खरिद लागत अनुमान कानूनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानबिन गर्दा नगरपालिकाका प्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ।
मनासिब कारणविना नै अस्वाभाविक रूपमा अदुवा खरिदका लागि दररेट तय गरेर नगरपालिकालाई गैरकानूनी रूपमा हानि पुर्याएको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख भूपराज अधिकारीविरुद्ध १३ लाख बराबरको बिगो कायम गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
यस्तै, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेसिफिकेसनमा उल्लेखित कागजातको परीक्षण नै नगरी अदुवाको बीउ खरिद गरी भुक्तानीका लागि आदेश दिएको पाइएको छ। उनीहरूले पटकपटक गरी दुई करोड १४ लाख ५० हजार बराबरको भुक्तानी दिएको पाइएको छ।
आयोगले आय करबापतको तीन लाख ७९ हजार ५०१ बराबरको रकम घटाई एक करोड ९७ लाख ७० हजार ४९९ बराबरको बिगो दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध बिगो असुल उपर गरी कडा कारबाहीको माग गरेको छ।
यस्तै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि दुई करोड १० लाख ७० हजार ४९९ बराबरको बिगो कायम गर्दै सोमबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
