नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
सोमबारको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख छ हजार ३०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यका अनुसार यसअघि २०७८ फागुन २५ गते सबैभन्दा बढी तोलाको एक लाख पाँच हजार पाँच पुगेको थियो।
सोमबार प्रतितोला एक लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार मंगलबार तेजाबी सुन भने तोलाको एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक लाख चार हजार ८०० थियो। त्यस्तै चाँदी भने तोलामा १५ रुपैयाँले घटेर एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ मूल्य तोक्दै आएको छ। रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको महासंघका अध्यक्ष शाक्यले बताए।
महासंघले दैनिक ३० देखि ३५ किलो सुन पाउनुपर्ने माग गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
