प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता विरोधी धारणा सार्वजनिक गर्नु कानूनी तथा नैतिक रूपमा उपयुक्त नहुने बताएका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता विरुद्ध बोल्ने तथा प्रचार गर्न नपाइने स्पष्ट पारेका छन्।
राष्ट्रियसभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् भन्दा बाहिर रहेर यस्ता कुरा राख्ने अधिकार रहने भएपनि मन्त्रिपरिषद्कै सदस्यले संघीयता विरुद्ध बोल्ने तथा त्यसबारे प्रचार गर्नु कानूनी एवं नैतिक रूपमा समेत अयोग्य हुने बताएका छन्। उनले मन्त्रीमण्डलमा बसेर यस्ता धारणा राखे स्पष्टीकरणको विषय हुने बताए।
उनले भने, “मेरै क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर धारणा राखेको एकजना माननीयज्यूले सुनाउनु भो। यो स्पष्टीकरणको विषय हुन्छ। मन्त्रिपरिषद् बाहिर गएर कुरा राख्ने अधिकार सबैलाई छ तर मन्त्रिमण्डलमा बसेर संघीयताविरुद्ध बोल्ने अधिकार नैतिक र कानून रूपमा मिल्दैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
