मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भई गएको भूकम्पमा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
काठमाडौँ- भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छन्।
घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिए। घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो। त्यस्तै, भूकम्पबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा र ताराकोट-३ की सरिता नेपाली रहेकी छन्। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
३४ घरमा क्षति
बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्रबिन्दु भई आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी ३४ घरमा क्षति पुर्याएको छ।
प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार भूम्कपबाट बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ। भूकम्पबाट बडिमालिका–२ भौनेरास्थित सत्यवादी माविको भवनसमेत भत्केको छ भने विभिन्न २ सरकारी कार्यालयमा सामान्य क्षति पुगेको छ। भूकम्पपछि जिल्लाको टेलिफोन सेवा अवरुद्ध छ।
भूकम्पबाट भएको क्षतिको विवरणः
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
