औद्योगिक ग्राम सञ्चालनमा आएपछि महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाले जनाएको छ।
काभ्रेपलान्चोक– पाँचखाल नगरपालिकामा हरित औद्योगिक ग्राम निर्माण हुने भएको छ।
यसका लागि विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार भइसकेको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले बताए। उनका अनुसार मुलुकमै पहिलोपटक महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो।
औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ। “स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिन औद्योगिक ग्राम बनाउन थालेका हौँ। यसले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने विश्वास छ”, पाँचखालकी उपप्रमुख सूर्यमाया दनुवारले भनिन्। औद्योगिक ग्राम बनाउन पाँचखाल–७ मा २५ वर्षका लागि ९८ रोपनी जग्गाको प्रबन्ध गरेको उनले बताए।
हरित औद्योगिक ग्राम सञ्चालनपछि रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने नगरप्रमुख खरेलले बताए। “जमिन सम्म्याउने र पहुँच मार्ग निर्माणको काम सकिएको छ”, उनले भने।
पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ, नेपालबीच २०७६ भदौमा औद्योगिक ग्राम बनाउने त्रिपक्षीय सम्झौता भएको हो। प्रारम्भिक चरणमा ६० लाख विनियोजन गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
