पुस २२ गते संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो।
काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ हुँदै छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुनेछ। पुस २२ गते संवैधानिक इजलासले अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो। गृहमन्त्री लामिछानेको नेपाली राहदानीमा पनि प्रश्न उठेको छ। अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी लिएको आरोप उनीमाथि छ।
मंसिर ४ को निर्वाचनमा चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
