सरकारले आर्थिक वर्ष २०७२/७३ देखि मध्यपहाडी लोकमार्ग आसपासका बुर्तिबाङसहित १० बजारलाई नमुना शहर बनाउने योजना शुरू गरेको थियो।
बागलुङ– सरकारले १० नमुना शहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल बुर्तिबाङ बागलुङको दोस्रो ठुलो व्यापारिक केन्द्र हो।
सरकारले नमुना शहरको योजनामा सूचीकृत गरेको सातवर्ष बित्यो। तर, अहिलेसम्मको प्रगति उत्साहजनक छैन। हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन हुने गरेको छ। अत्यावश्यकीय पूर्वाधारसमेत बनेका छैनन्। बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने सरकारको उद्देश्य छ। सडक कालोपत्रे, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जन स्थल, हाटबजारलगायत काम हुन नसकेको स्थानीय प्रेमबहादुर विकले बताए।
“बजार क्षेत्रको सडक साँघुरो छ, दुर्घटनाको जोखिम छ”, उनले भने, “बसपार्क साँघुरो छ। खानेपानीको समस्या पनि उस्तै छ।” ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका वडाध्यक्ष बानबहादुर छन्त्यालले नयाँ शहर आयोजनाको काम सन्तोषजनक नभएको बताए। “बजार क्षेत्रमा खोलाको जोखिम छ। यसतर्फ ध्यान गएको छैन”, उनले भने। बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा अन्य शहरमा जानेलाई रोक्न आयोजना सञ्चालन गरिएको हो।
२०७२/७३ मा आयोजना कार्यालय स्थापना भएपश्चात् १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए। एक किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ। बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन्। व्यवस्थित बसोबास र पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको अधिकारीले बताए। “बाँकी पूर्वाधार बनाउन जग्गा प्राप्त हुन सकेको छैन”, उनले भने, “चारवटा मुख्य सडक निर्माण गर्न बाँकी छ।”
एक हजार रोपनी जग्गा किन्ने लक्ष्य रहेको उनले बताए। चालु आवमा १५ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ। भब्रेटामा सभाहलको काम शुरू भएको छ। खप्तरीबाङमा बसपार्क निर्माणको तयारी छ। हाटबजार र बजार संरक्षणका लागि तटबन्धको काम हुन सकेको छैन।
बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको आयोजना कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
